अग्निविरुद्ध अदालतको आदेशपछि माओवादीमा खैलाबैला, अब के होला ?

काठमाडौं, २२ जेठ । माओवादी नेता अग्नि सापकोटाविरुद्ध ज्यान मुद्दामा छानबिन बढाउने सर्वोच्च अदालतले आदेश दिएपछि राजनीतिमा समेत असर पर्ने देखिएको छ । यो आदेशलाई लिएर माओवादी आन्तरिक छलफलमा जुटेको छ । बिहिबार विहान माओवादी केन्द्रीय कार्यालयको बैठक प्रचण्डनिवास खुमलटारमा बस्यो ।
माओवादीले यो आदेशलाई द्वन्द्वकालीन मुद्दा उल्टाएर शान्ति प्रक्रियामा असर पार्न खोजिएको घटनाका रुपमा लिएको छ । यो आदेश अनुसार छानबिन बढेमा माओवादीका धेरै नेता जेल जान्छन् । यसकारण पनि माओवादी नयाँ रणनीतिका साथ बढ्ने देखिएको छ ।
सर्वोच्च अदालतमा धमाधम महत्वपूर्ण विषयहरुको फैसला आउँदैछ । यसले पनि माओवादी सतर्क बनेको छ । यी घटनाले माओवादी फेरि एमालेसँग मिल्ने अवस्था पनि विकास हुनसक्छ ।