२४ जेष्ठ २०८२, शुक्रबार | June 7, 2025

अग्नि सँगै संकटमा माओवादी


664
Shares

काठमाडौं, २१ जेठ । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दाको उजुरीमा अनुसन्धान बढाउन आदेश दिएपछि माओवादीभित्र खैलाबैला मच्चिएको छ । यसअघि उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई प्रधानन्यायाधीश प्रकाशमानसिं राउत, सपना मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमाल चुडालको इजलासले खारेज गरी अनुसन्धान बढाउन आदेश दिएको हो ।

यो आदेशसँगै माओवादीभित्र हलचल पैदा भएको छ । यो मुद्दा अगाडि बढ्नेवित्तिकै माओवादीका कैयन नेताहरुले मुद्दाको सामना गर्नुपर्ने हुन्छ । अग्नि सापकोटा त एकजना पात्र मात्र हुन् ।

काभ्रेकी पूर्णमाया लामाले पति अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन । त्यतिबेलै यो घटनाले तरंग ल्याएको थियो ।
सापकोटाविरुद्धको मुद्दा लाग्नेवित्तिकै माओवादीका अन्य नेता पनि अदालतमा जानुपर्ने हुन्छ । धमाधम जेल परेमा अग्निमात्र पर्नेछैनन् । यसकाण पनि माओवादी चनाखो भइसकेको छ ।

प्रतिक्रिया