२४ जेष्ठ २०८२, शुक्रबार | June 6, 2025

कसैको गोजी भरिदिन नसक्ने भन्दै सिराहाका मेयर डा नविन यादव कुर्लिएपछि… (भिडियोसहित)


747
Shares

सिराहा, २० जेठ । यी हुन् सिराहा नगरपालिकाका मेयर डा. नविन यादव । उनले आफूले राम्रो काम गर्दागर्दै नराम्रो प्रचारवाजी भएको भन्दै आक्रोश पोखेका छन् ।

नेपालभर कम लागतमा धेरै काम सिराहा नगरपालिकामा भएको दाबी गरे । उनले भने, ‘इतिहासमै सबैभन्दा बढी काम सिराहा नगरपालिकामा भएको छ ।’ उनले २२ वर्ट वडामा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारमा काम भएको दाबी गरे ।

सिराहा नगरपालिकामा कुनैपनि अनियमितता नभएको बताए । उनले स्वास्थ्य सेवा शुलभ र निःशुल्क रहेको, शिक्षामा पनि व्यापक काम भएको बताए । सुग, ब्लड प्रेसर, थाइराइडको औषधी समेत निःशुल्क उपलब्ध रहेको बताए ।

आफू चिकित्सा पेशाबाट आएको भन्दै मेयर यादवले स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताए । आफू कसैको निजी स्वार्थमा लाग्न नसक्ने बताए । उनले भने, ‘कसैको गोजी भर्न सक्दिनँ, रक्सी मासु खुवाउन सक्दिनँ ।’

आफूलाई सरकारले कसैलाई गोजी भर्न, रक्सी र मासु खुवाउन सरकारले पैसा नदिएकोले त्यस्तो गर्न नसक्ने बताए ।

प्रतिक्रिया