को को परे डिआइजी बढुवामा सिफारिश

काठमाडौं, ८ जेठ । नेपाल प्रहरीको डिआइजी बढुवा सिफारिशमा तल्लो ब्याचले उछिन्ने देखिएन यसपटक । विगतमा दुई ब्याच तलकाले उछिन्ने समेत भए । तर, यसपटक वरिष्ठतालाई पनि विशेष ध्यान दिएर बढुवा गरियो ।
डिआइजी बढुवा सिफारिशमा पहिलो नम्बरमा सुदर्शन प्रसाद कोइराला परेका छन् । दोस्रोमा बिनोद घिमिरे परेका छन् । बढुवा सिफारिशमा पर्नेहरुमा दिपेन्द्र घर्ति क्षेत्री, दिपक रेग्मी, माधब प्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास, सुरेन्द्र बहादुर गुरुङ छन् ।
एआइजीमा सिद्धिविक्रम शाहको बढुवा सिफारिशपछि ११ जना डिआइजीको पद रिक्त रहेकोमा उनीहरुको बढुवा सिफारिश गरिएको हो ।
प्रहरीमा आइजीपी दिपक थापाको ब्याची भदौमा सेवानिवृत्त भएपछि ठूलो संख्यामा एआइजी र डिआइजी पद रिक्त हुनेछ । त्यसपछिको भावी आइजीपीका रुपमा लिइएका एसएसपीहरुको डिआइजी बढुवा हुने देखिन्छ ।