५ जेष्ठ २०८२, आइतबार | May 18, 2025

राजावादी एक होलान् ?


498
Shares

काठमाडौं, ४ जेठ । राजावादी १५ जेठबाट आन्दोलनको तयारीमा छन् । राजावादी आन्दोलनको नेतृत्व पूर्वपञ्च नवराज सुवेदीले गरिरहेका छन् ।

बहुदल आएपछि पनि कुनैपनि लाभको पदमा नबसेका सुवेदीको नेतृत्वलाई राजावादी नेताहरुले तत्काल स्वीकारेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्वमन्त्री केशरबहादुर बिष्टलगायत राजावादीले सुवेदी नेतृत्वलाई स्वीकारेका छन् ।

लिङ्देन केही बिच्किएका थिए सुरुमा । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको दबाबले उनी वाध्य भए ।

सुवेदीको नेतृत्वलाई स्वीकारेका राजावादीको आन्दोलन कसरी अगाडि बढ्ला चासो बनेको छ । तर, कतिपय राजावादी भिन्न विचारका प्रति निकै आक्रामक बनेका छन् । विदेशी मुलुकप्रति नकारात्मक रुपमा प्रस्तुत हुन थालेका छन् ।

विशेषगरी भारतले नै राजा फालेको र भारतले नै रोकेको आरोप लगाउनेहरु एकाथरी छन् । अर्काथरीले राजा नआए नेपाललाई भारतले हडप्ने सम्म भनिरहेका छन् । यस्तो अभिव्यक्ति दिनेमा पूर्वप्रधानसेनापति र जर्नेलहरु सम्म छन् ।

पूर्वसेनापति प्रज्ज्वल शमशेर जबराले राजा नफर्किए भारतले नेपाललाई लिने अभिव्यक्ति दिएका छन् । जबरा प्रधानसेनापति हुँदा भारतको मानार्थ महारथी हुन् । उनको यो अभिव्यक्ति अर्थपूर्ण छ । दरबार हत्याकाण्ड हुँदा सेनापति रहेका जबराले सुरक्षाको जिम्मेवारी आफ्नो काँधमा भएपनि लिन मानेनन् ।

कतिपय पूर्वजर्नेलहरु पनि भारतले राजा आउनबाट अवरोध गरेको आरोप लगाइरहेका छन् । राजावादी गतिविधि बढिरहँदा उनीहरुको विवादास्पद अभिव्यक्ति आएको हो । राजावादीबीच नै विवादास्पद अभिव्यक्तिले नयाँ घटना विकास भएको छ । यसले देशमा अर्को अस्थिरता बढ्ने सम्भावना पदि देखिएको छ ।

प्रतिक्रिया