एलिजाको भारत दौडाहा, कोशियारीसँग विशेष भेट

काठमाडौं, २ जेठ । चलचित्र नायिका तथा मोडल एलिजा गौतम धमला भारत दौडाहामा छिन् । उनले भारत भ्रमणका क्रममा महत्वपूर्ण भेट पनि गरेकी छिन् ।
उत्तराखण्डको देहरादुन पुगी भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीसँग भेटवार्ता गरेकी हुन् । शुक्रबार भएको भेटमा नेपालको राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।
कोशियारीले नेपालको पछिल्लो राजनीतिक अवस्था र भावी चुनौतीका बारेमा चासो राखेको बुझिएको छ । उनले दुई देशबीचको विशेष सम्बन्धबारे पनि कुराकानी गरे ।