पाकिस्तानद्वारा भारतविरुद्ध चीन र टर्कीमा बनेका हतियारको प्रयोग

एजेन्सी, २७ वैशाख । पाकिस्तानले भारतसँगको युद्धमा चीन र टर्कीमा बनेका हतियार प्रयोग गरेको खुलेको छ । उसले चीनमा बनेको सैनिक विमान र टर्कीमा बनेको ड्रोन प्रयोग गरेको खुलेको हो ।
भारतमा हमलाका लागि पठाएका ड्रोनहरु टर्कीमा बनेका खुलेको छ । उक्त ड्रोनलाई सोनगर र किजिलेल्मा नाम दिइएको छ । त्यसको पुष्टि भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । अन्का थ्री ड्रोनको पनि प्रयोग भएको बताइएको छ ।
पाकिस्तानसँग भारतको युद्धले चिनियाँ हतियारको प्रभाव पनि परीक्षण हुँदैछ । चीनले सैनिक प्रविधिमा ठूलो धनराशी खर्च गरेको छ । एभीआइसी उत्पादित जे १० सी फाइटर जेटले बुधबार फ्रान्समा निर्मित राफेल जेट खसालिदिएको विषय बाहिर आएको छ । यसबारे भारतले पुष्टि गरेको छैन ।
पाकिस्तानमा चीनले ठूलो सैन्य लगानी गरेको छ । पछिल्लो पाँच वर्षमा पाकिस्तानले कुल आयातित हतियारमा ८१ प्रतिशत चीनबाट भित्राएको छ । त्यहाँ चीनको प्रभाव बढ्दो छ ।
भारत र पाकिस्तानबीचको युद्धमा चीन र केही इस्लाम देशहरु पनि जोडिएका छन् । पाकिस्तानलाई साउदी अरबले सहयोग गर्दै आएको छ । टर्कीबाट उसले ठूलो परिमाणमा हतियार खरिद गरेको छ । आणविक हतियार रहेको एकमात्र मुस्लिम देशका रुपमा पनि पाकिस्तानको परिचय छ । उसलाई पश्चिमा देशहरु अमेरिका र बेलायतले विगतमा निकै साथ दिएका थिए ।