२५ बैशाख २०८२, बिहिबार | May 9, 2025

भारतद्वारा पाकिस्तानको हवाई प्रतिरक्षा प्रणाली निष्कृय


1.3k
Shares

एजेन्सी, २५ वैशाख । अपरेशन सिन्दूर नाम दिएर पाकिस्तानमाथि हमला गरेको भारतले खतरनाक आक्रमणहरु गर्ने संकेत गरेको छ । भारतको रक्षा मन्त्रालयले पाकिस्तानको हवाई प्रतिरक्षा प्रणाली निष्कृय पारेको जनाएको छ । लाहोरको राडार निष्कृय पारिएको उल्लेख छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानको हवाई प्रतिरक्षा प्रणाली निष्कृय पारेकोमा सेनालाई बधाई दिए ।

पहलगाममा पाकिस्तानबाट छिरेका आतंकवादीले एक नेपाली र २५ भारतीयको गोली हानी हत्या गरेपछि भारतले पछिल्लो हमला गरेको हो । छानी छानी पुरुषको हत्या गरी हिन्दू नारीहरुको सिन्दूर पुछेकोले यो घटनालाई अपरेशन सिन्दूर नाम दिइएको छ ।

प्रतिक्रिया