प्रदीप नेपालको निधन

काठमाडौं, २३ वैशाख । वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षीय नेपालको मंगलबार उपचारको क्रममा निधन भएको हो ।
पार्किन्सन्स रोगसँग लड्दै आएका नेपाललाई निमोनिया भएको थियो । मस्तिष्कको समस्यापछि नेपाल राजनीतिमा निष्कृय थिए ।
मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा प्रदीप नेपाल सञ्चारमन्त्री भएका थिए । २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका थिए ।
सञ्जय थापाको नामले उनी साहित्यिक कृति लेख्थे । उनको देउमाईको किनारमा उपन्यास चर्चित छ । एक्काइसौं शताब्दीको सुम्नीमा, बर्बरिक जस्ता उपन्यास पनि लेखेका छन् ।