२३ बैशाख २०८२, मंगलबार | May 6, 2025

राजावादी धमाधम पक्राउ


581
Shares

काठमाडौं, २२ वैशाख । देशमा अहिले लोकतन्त्र छ । तर, भिन्न विचारकालाई धरपकड गर्ने गतिविधि बढ्न थालेको छ । पछिल्लो समय राजसंस्था पक्षधर खेमराज सेढाई पक्राउ परेका छन् ।

काँग्रेस छाडेर राजावादी आन्दोलनमा सक्रिय सेढाईलाई सोमबार सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई १५ चैत्रमा तीनकुनेमा भएको हिंसामा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।

नवदुर्गा पार्टी प्यालेसमा राजसंस्था पुनःस्थापनका लागि आन्दोलन गर्न गठित नवराज सुवेदी नेतृत्वको समितिको बैठक बसेको थियो । त्यही मौकामा प्रहरीले सेढाईलाई पक्राउ गरेको हो । सेढाई २ वर्षअघि काँग्रेस परित्याग गरी राजावाद िगतिविधिमा सक्रिय थिए ।

यसअघि राजावादी आन्दोलनमा लागेका दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत पक्राउ परिसकेका छन् । सरकारले राजावादीलाई निरुत्साहित पार्न धरपकडलाई प्राथमिकतामा राखेको देखिन्छ ।

प्रतिक्रिया