१८ बैशाख २०८२, बिहिबार | May 1, 2025

बबी सिंहले नाँच्दै पेस्तोल हानेको भिडियो भाइरल भएपछि…


498
Shares

काठमाडौं, १८ वैशाख । यतिबेला सामाजिक सञ्जालमा बबी सिंह यादवले नाँच्दै पेस्तोल चलाएको भिडियो भाइरल छ । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य बबीको भिडियोलाई लिएर टिकाटिप्पणी चलिरहेको छ ।

भिडियो आएपछि बबीले आफ्नो बचाऊ गरेकी छिन् । उनले सामाजिक सञ्जालमा पेस्तोल खेलौना रहेको भनेकी छिन् । रेन्जर टाई पेस्तोल पनि फेसबुकमा राखेर देखाएकी छिन् ।

बबीले भारतको सीतामढीमा मामाकी छोरीको वैवाहिक समारोहमा नाँचेको भिडियो दुरुपयोग गरी युट्युब पत्रकारले अनुमतिबिना राखेको भन्दै पत्रकारिताको अपमान र प्रेस आचारसंहिताको उल्लंघन भनेकी छिन् ।

प्रतिक्रिया