ट्रम्पको चाहना अनुसार चल्न थाले जेलेन्स्की, प्राकृतिक स्रोतबारे सम्झौता

एजेन्सी, १८ वैशाख । डोनाल्ड ट्रम्पले जे चाहेको त्यो पूरा गरिछाडे । उनले युक्रेनसँग प्राकृतिक स्रोतसम्बन्धी सम्झौता चाहेका थिए । त्यसका लागि भ्लोदोमिर जेलेन्स्कीलाई वासिङ्टन निम्तो गरेका थिए । दुई महिनाअघिको त्यो घटना विवादमा बदलिएर तरंग आएको थियो सँसारभर ।
अन्ततः जेलेन्स्की ट्रम्पको चाहना अनुसार प्राकृतिक स्रोतको प्रयोगसम्बन्धी सम्झौता गर्न तयार भए । अमेरिका र युक्रेनबीच रेयर अर्थ नामको प्राकृतिक स्रोतको प्रयोगसम्बन्धी सम्झौता भएको छ । यसको घोषणा बुधबार दुवै देशका अधिकारीले गरेका छन् ।
अमेरिकाले युक्रेनलाई दिइआएको आर्थिक सहयोग रोकेको थियो । यसपछि प्राकृतिक स्रोतसम्बन्धी सम्झौता गर्न जेलेन्स्की वाध्य भएका हुन् ।