१० बैशाख २०८२, बुधबार | April 24, 2025

भारतका उच्च अधिकारीको धमाधम नेपाल भ्रमण, पशुपतिनाथको दर्शन


1.3k
Shares

काठमाडौं, १० वैशाख । भारतका उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । उनीहरु नेपाल आएर पशुपतिनाथको दर्शन गर्न आतुर देखिएका छन् ।

भारतका ऊर्जामन्त्री मनोहरलाल खट्टरले मंगलबार पशुपतिनाथको दर्शन गरे । नेपाल भ्रमणमा आएका उनले महत्वपूर्ण भेटघाट पनि गरे । खट्टरले पशुपतिनाथको दर्शनको तस्बिर सार्वजनिक गर्दै आफू धन्य भएको लेखेका छन् । खट्टर हरियाणाका पूर्वमुख्यमन्त्री पनि हुन् ।

यसअघि भारतका कृषिमन्त्री शिवराज सिंह चौहानले पनि नेपाल भ्रमण गर्दा पशुपतिनाथको दर्शन गरेका थिए । उनले सपरिवार पशुपतिनाथको दर्शनपछि भिडियो पोष्ट गर्दै आफू धन्य भएको लेखे ।
विगतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल भ्रमण गर्दा पशुपतिनाथको दर्शन गरेका थिए ।

प्रतिक्रिया