७ बैशाख २०८२, आइतबार | April 21, 2025

गोविन्द बिष्टको अध्यक्षतामा योगी नरहरिनाथ अध्ययन केन्द्रको नयाँ कार्यसमिति


4k
Shares

काठमाडौं, ६ वैशाख। योगी नरहरिनाथ अध्ययन केन्द्रले नयाँ कार्यसमिति गठन गरेको छ । अध्ययन केन्द्रले नयाँ कार्यसमितिको लागी शनिबार ॐ वासुकी चौर गोरक्ष पिठ योगी नरहरिनाथ योग तथा राष्ट्रिय चिन्तन प्रतिष्ठानको भवनमा योगी नरहरिनाथ अध्ययन केन्द्रको पहिलो कार्यसमिति चयनको लागी पहिलो साधारणसभा गरेको हो। साधारणसभाबाट नयाँ कार्यसमितिको अध्यक्षमा गोविन्द बिष्ट चयन भएका छन् ।

कार्यसमितिको उपाध्यक्षमा बसन्त भण्डारा, महासचिवमा तपेन्द्र बोहरा र कोषाध्यक्षमा संगिता सहकारीलाई सर्वसहमतले चयन गरेको छ। दुई बर्ष कार्यकालको लागी निर्वाचित सदस्यहरु जागृत शाही, मेनुका भुल, भिम बिष्ट, सरिस्मा घिमिरे, आर्सी ढकाल, बसन्त शाही र सिर्जना मैनाली निर्विरोध चयन भएका छन्।

योगी नरहरिनाथ अध्ययन केन्द्र २०७८ साल बैशाख १ गते गोविन्द बिष्टको अध्यक्षतामा बैठक बसि सुरु गरेको संस्था २०८१ फाल्गुन ११ गते राष्ट्रगुरु योगी नरहरिनाथको तिथिको जन्मदिन पारेर जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता गरि पहिलो साधारणसभा सम्पन्न गरेको छ। संस्थाको सुरुवात योगी जन्मेको गाउका युवा विद्यार्थीहरुले सुरु गरेका थिए भने अहिले देशै भरिबाट जोडेर अगाडि बढेको छ।

पहिलो साधारणसभाको प्रमुख अतिथि डा.भोला रिजालको हातबाट टीका ग्रहण गरि योगीको योगदानको बारेमा हाम्रो पुस्ताले धेरै बुझ्न नसके पनि पछिल्लो पुस्ताले यसरी उहा प्रती जागेको देख्दा असाध्यै खुसी भएको बताए ।

नरहरिनाथ गाउँपालिका बाट वडा नम्बर ८ र वडा नम्बर ४ का वडा अध्यक्ष समेत सहभागी भइ स्थानीय तहको पाठ्यक्रममा योगीको योगदान लाई चिनाउने गरि समाबेश गराउन आफुहरु पहल गर्ने बताए । गुरु नरहरिनाथलाई बिश्व भर चिनाउन पालिका लागेको वडा अध्यक्षले बताएका थिए ।

नयाँ समितिले आगामी वर्षका लागि आफ्नो कार्यपत्र पनि प्रस्तुत गरेको छ। संस्थाले राष्ट्रगुरु योगी नरहरिनाथको योगदान लाई जिबन दिने प्रमुख उदेश्य राखेको छ भने संगसंगै नयाँ पुस्ता लाई आफ्नो देश, आफ्नो मौलिकता र आफ्नो संस्कृति सम्बन्धि अध्ययनमा रुचि जगाउन यस संस्थाको लक्ष्य रहेको नवनिर्वाचित अध्यक्ष बिष्टले बताए । कार्यक्रम संचालन भिम बिष्टले गरेका थिए ।

प्रतिक्रिया