जलविद्युत कम्पनीहरुले किन पाएनन् आइपीओ अनुमति

काठमाडौं, २ वैशाख । देशमा जलविद्युत आयोजनाको लाइसेन्स लिने होडवाजी नै चल्यो कुनैबेला । झोलामा खोला सम्म भए । खोला दर्ता गर्ने तर काम नगर्ने गर्दा विद्युत उत्पादन हुन सकेन र लोडसेडिङ बढ्यो ।
जलविद्युत कम्पनीहरुले आइपीओको शैली अपनाए । आइपीओ खोल्न पनि कडाई गरिदियो नेपाल धीतोपत्र बोर्डले । १२ पौष २०८० बाट नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई आइपिओ निष्काशन नगर्न नदिन लेखा समितिले निर्देशन दियो । त्यसले आइपीओ निष्काशनको अनुमतिमा अड्चन आएको छ । यो बाधा फुकाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल अर्थात् इप्पानले सक्रियता बढाएको छ ।
इप्पानले प्रधानमन्त्री केपी शर्मा ओली देखि ऊर्जामन्त्री दिपक खड्कासम्मलाई आइपीओको अड्चन फुकाइदिन अनुरोध गरेका छन् । तर, आइपीओकै खेल ठूलो भएकाले अड्चन हत्तपत्त फुक्ने सम्भावना देखिदैन ।