३ बैशाख २०८२, बुधबार | April 16, 2025

वीरगञ्जमा हनुमान जयन्ती मनाइरहेका हिन्दूमाथि आक्रमणपछि तनाव


2.3k
Shares

काठमाडौं, ३० चैत्र । वीरगञ्जमा हिन्दूको आस्थाका भगवान हनुमानको जन्मजयन्ती मनाइरहँदा आक्रमण भएको छ । शनिबार हनुमानजयन्तीमा शोभायात्रा निकालिंदा हिन्दूमाथि ढुंगाले हानेर आक्रमण भएपछि तनाव भएको हो । हनुमान जयन्तीमा शोभायात्रा निकालेका हिन्दू समुदायमाथि मस्जिदको छतबाट ढुंगा हानी आक्रमण भएको थियो । त्यसपछि हिन्दूहरु आक्रोशित भएका थिए ।

हिन्दूले पनि आक्रमणकारीको प्रतिकार गरेका थिए । त्यसपछि स्थिति हिंसाग्रस्त भयो । हिन्दूहरु ठूलो संख्यामा घाइते भएका छन् ।

हिंसा भड्कन थालेपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । कफयु साँझ ६ देखि राति १२ बजेसम्मका लागि तोकिएको छ ।

प्रतिक्रिया