३० चैत्र २०८१, आइतबार | April 14, 2025

दुर्गा प्रसाईँ पक्राउ परेको प्रहरीद्वारा पुष्टि


747
Shares

काठमाडौं, २९ चैत्र । नेपाल प्रहरीले दुर्गा प्रसाईँ पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले विज्ञप्तिमार्फत् प्रसाईँ र उनका अंगरक्षकदिपक खड्का पक्राउ परेको जानकारी दिएका हुन् ।

प्रसाईँलाई झापाको भद्रपुरबाट पक्राउ गरी काठमाडौं ल्याउन लागेको आचार्यले विज्ञप्तिमा भनेका छन् । तर, उनलाई आसामबाट पक्राउ गरी नेपालभित्र ल्याइएको बुझिएको छ ।

तीनकुनेमा १५ चैत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा हिंसा मच्चाएको आरोपमा प्रसाईँलाई प्रहरीले खोजिरहेको थियो । उनी आसाम पुगेको खुलासा बिहिबार भएको थियो ।

प्रतिक्रिया