३० चैत्र २०८१, आइतबार | April 14, 2025

पशुपतिनाथको दर्शनपछि भारतका कृषिमन्त्री चौहानले भनेः जीवन धन्य भयो


1.9k
Shares

काठमाडौं, २८ चैत्र । भारतका कृषिमन्त्री शिवराज सिंह चौहानले भगवान पशुपतिनाथको दर्शन गरेका छन् । बिहिबार पशुपतिनाथको दर्शन गर्न सपरिवार पुगेका थिए चौहान ।

पशुपतिनाथको दर्शनपछि चौहानले भनेः जीवन धन्य भयो । वर्षौदेखि पशुपतिनाथको दर्शन गर्ने अभिलाषा राखेको भन्दै भिडियो सन्देशमार्फत् खुशी व्यक्त गरे ।

दिव्यदर्शनबाट आफूमा नयाँ ऊर्जा विकसित भएको समेत बताए । उनले पशुपतिनाथले सबैमा सद्बुद्धि दिने र सत्मार्गमा बढ्न प्रेरणा दिने आशा समेत व्यक्त गरे । चौहानले पशुपतिनाथ क्षेत्रमा रुद्राक्षको विरुवा पनि रोपे ।

चौहानले बिहिबार नै बुढानिलकण्ठको दर्शन गरेका थिए । उनले दर्शनको भिडियो पनि सार्वजनिक गरेका छन् ।

१८ वर्षसम्म मध्यप्रदेशको मुख्यमन्त्री बनिसकेका चौहान लोकप्रीय नेता हुन् । उनी मोदी सरकारमा पहिलोपटक कृषिमन्त्री बनेका हुन् ।

प्रतिक्रिया