हितेन्द्रदेव पनि पुगे अदालत

काठमाडौं, १३ चैत्र । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अदालत पुगेका छन् । कुलमान घिसिङले आफ्नो बर्खास्तगीविरुद्ध रिट दायर गरेपछि शाक्य पनि अदालत पुगेका हुन् ।
शाक्यले आफूले विगतमा दायर गरेको रिट टुंगोमा पुर्याउन माग गरेका छन् । शाक्य २०७८ सालमा नियुक्त हुँदा सरकारले बर्खास्त गरेको थियो । आफ्नो रिट छिट्टै टुंगाइदिन भन्दै शाक्यले रिट निवेदन दर्ता गरेका हुन् ।