१७ चैत्र २०८१, सोमबार | April 1, 2025

प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने भन्दै कुलमान सर्वोच्चमा


415
Shares

काठमाडौं,१३ चैत्र । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वोच्च अदालतको ढोका ढक ढकाएका छन् ।

गैरकानुनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट मुक्त गरिएको दाबी गर्दै उनले सो निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनले माग अघि सारेका छन् ।

घिसिङले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएर रिट निवेदन दिएका छन् ।

कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको रिट निवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया