सुन तस्करी र अवैध विदेशी मुद्रामा ‘फुच्चे’ समातिदा मालिक खै ?

काठमाडौं, ६ चैत्र । आइजीपीमा दिपक थापा नियुक्त भएकै राति २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित फुच्चे भनिने कुसाङ लामा समातिए टोखाको झोरबाट । सुन तस्करीसँग जोडिएको यो रकमले खैलाबैला मच्चाएको छ ।
रसुवा नाका हुँदै सुन तस्करी गर्ने समूहले उक्त रकम चीनतर्फ लान लागेको विषय अहिले चर्चामा छ । यो सामान्य गिरोहले गर्न सक्दैन । फुच्चे भनिने कुसाङ लामा त भरिया मात्र हुन् ।
२०७३ मा पनि कुसाङ सुन तस्करीमा पक्राउ परेका थिए । ७ केजी सुनसहित पक्राउ परेका उनी ३ करोड १६ लाख जरिवाना तिर्न नसक्दा पाँच वर्ष जेल बसेका थिए । जेलबाट छुटेपछि फेरि तस्करीमा सक्रिय भए र अहिले समातिए ।
फुच्चे त समातिए तर सुन तस्करीको ठूलो गिरोहका नाइकेहरु अझै पक्राउ परेका छैनन् । इन्द्रलाल श्रेष्ठको गाडी चलाएर सुन तस्करी गर्दा लामा विगतमा फक्राउ परेका थिए । तर, उनले त्यतिबेला तस्करीको नाइकेबारे केही बताएनन् ।
तस्करीका नाइकेहरु यसरी नै उन्मुक्ति पाउने गरेका छन् । भरिया समातिन्छन् नाइकेहरु फेला पर्दैनन् ।