१ चैत्र २०८१, शनिबार | March 16, 2025

एमसीसीको पैसा रोकिंदा बीआरआई बोकेर राजदूत सोङ सक्रिय


332
Shares

काठमाडौं, २ चैत्र । अमेरिकी परियोजना एमसीसी स्थगित छ अहिले । चर्को विरोध निकाल्दा पनि संसदबाट एमसीसी सम्झौता पारित भएकोमा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अनुदान रकम नै रोकिदिए । नेपालका नेता देखि कार्यकर्तासम्मको टाउको बजाराबजारको अवस्था पुगेको एमसीसीको विषय अनुदान रोकिएपछि धेरैले विगतको गतिविधिमा टाउकोमै हात राखे ।

अहिले एमसीसी रोकिंदा चीनको बीआरआई बोकेर चिनियाँ राजदूत चेन सोङ सक्रिय छन् । यससम्बन्धी छलफल गरी बीआरआईको पक्षमा भाष्य बनाउन ठूलो समूह लागिपरेको छ ।

बीआरआईबारे राजधानीमा एउटा छलफल भएको छ । तारे होटलमा भएको छलफलमा सभामुख देवराज घिमिरे, चिनियाँ राजदूत सोङ सहभागी भए । बीआरआईबारे हप्तैपिच्छे हुने छलफलमा चीनले ठूलो धनराशी खर्च गराइरहेको छ ।

काण्ठमण्डप नाम दिइएको शृंखलावद्ध छलफलमा पूर्वमुख्यसचिव लिलामणि पौडेल, काठमाडौं स्कुल अफ ल का युवराज संग्रौलालगायत निकै सक्रिय छन् ।

बीआरआईको फ्रेमवर्क सम्झौता भएको छ । ऋण सम्झौता गरेको प्रष्ट भएपनि सत्ताघटक काँग्रेस अनुदानको रट लगाइरहेको छ ।

चिनियाँ राजदूतले बनिसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै बीआरआई अन्तर्गत हो भनेका थिए २ वर्षअघि तत्कालीन प्रधानमन्त्री प्रचण्डसामु । बीआरआईले कतिपय देशलाई ऋणको पासोमा पारेको विषय आइरहेको छ ।

प्रतिक्रिया