३० फाल्गुन २०८१, शुक्रबार | March 14, 2025

बसाईँ उपन्यासले लोकप्रीय बनेका लिलबहादुर क्षेत्री रहेनन्


664
Shares

काठमाडौं, १ चैत्र । बसाईँ उपन्यासले लोकप्रीय बनेका साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । उनको बिहिबार राति साँढे १० बजे आसामको गुहाहिटीस्थित घरमा निधन भएको हो ।

९२ वर्षीय क्षेत्रीको बसाईँ उपन्यास नेपाली भाषाको लोकप्रीय उपन्यास हो । उनले पूर्वोत्तर भारतमा बस्ने नेपाली भाषीको समाजसँग सम्बन्धित साहित्य रचना गरे ।

ब्रम्हपुत्रको छेउछाप, अतृप्त, प्रतिध्वनिहरु विस्मृतिकोलगायत कृति चर्चित छन् । उनले भारतको प्रतिष्ठित पदक पद्मश्री पनि पाएका छन् ।

क्षेत्रीका पत्नी, दुई छोरा र छोरी छन् ।

प्रतिक्रिया