पृथ्वीनारायण क्याम्पसमा प्राज्ञिक विद्यार्थी परिषद्को प्यानलको लोकप्रीयता बढ्यो

पोखरा, २९ फागुन । पृथ्वीनारायण क्याम्पसमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्यानलको लोकप्रीयता बढेको छ । विद्यार्थीहरु राजनीतिक दलबाट चलेर आफ्नो मूल उद्देश्यबाट अन्यत्र मोडिदा क्याम्पस र समग्र विद्यार्थी आन्दोलन नै कमजोर भइरहँदा कुनैपनि दलसँग आवद्ध नभएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालले स्ववियू निर्वाचनमा उम्मेदवार खडा गरेपछि लोकप्रीयता बढेको हो ।
प्राज्ञिकका विद्यार्थीहरुले विद्यार्थी हक अधिकार र क्याम्पसको शैक्षिक वातावरण सुधारमा वर्षौं देखि योगदान गर्दै आएबाट ध्यान खिच्दै आएका थिए । स्ववियूको नेतृत्व गर्ने लक्ष्यका साथ दिप्सन गुरुङ अध्यक्ष, अभिषेक बिष्ट सचिव, अम्बिका धिमाल कोषाध्यक्ष पदमा मैदानमा आएका छन् ।
प्राज्ञिकको प्यानलमा सदस्यहरुमा पारस खड्का, सुबिना तिमिल्सिना, लोसन रोक्का, निसु सापकोटा, श्रीकृष्ण ध्वज बस्नेत, सन्तोष शर्मा, सौरभ पराजुली, आशिष परियार छन् । उनीहरु विद्यार्थीमाझ लोकप्रीय छन् ।