२५ फाल्गुन २०८१, आइतबार | March 10, 2025

एमडीएमएस भ्रष्टाचार प्रकरणमा झा र खनाल दोषी ठहर


581
Shares

काठमाडौं, २३ फागुन। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल दोषी ठहर भएका छन् । विशेष अदालतले भष्टाचार मुद्दामा दुवैलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले दोषी ठहर गरेपनि १२ कर्मचारीले सफाइ पाएका छन् ।

एमडीएमएस भ्रष्टाचार आरोपमा १४ जना मुछिएका थिए । भन्सार छलेर ल्याइएका मोबाइल सेटलाई निष्कृय बनाउने उपकरण खरिदमा भ्रष्टाचार भएको भनी अख्तियारले पुस, २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले ठेक्का भएको रकम ९१ करोड ९८ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरे पनि विशेष अदालतले भुक्तानी भएको रकम २३ लाख २० हजार रुपैंयालाई मात्रै भ्रष्टाचार ठहर गरी त्यसैअनुसार विगो कायम गरेको हो ।

अख्तियारले एमडीएमएस उपकरण खरिदमा संलग्न कम्पनीहरु मलेसियाको न्यूमेरा कम्पनी, नमस्ते ग्लोबल सिंगापुर, ओएसआई डिजिटल इण्डिया विरुद्ध पनि मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया