चक्रपथ परिक्रमा रुटमा चल्ने इलेक्ट्रिक बसमा आगलागी

काठमाडौं, २२ फागुन । चक्रपथ परिक्रमा रुटमा चल्ने इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।
काठमाडौंको धुम्बाराहीमा बुधबार आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रदेश -३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।
आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।