२२ फाल्गुन २०८१, बिहिबार | March 6, 2025

ट्रम्पद्वारा हमासलाई अन्तिम चेतावनीः तत्काल बाँकी बन्दी रिहा नगरे ध्वस्त हुन तयार होऊ


3.3k
Shares

एजेन्सी, २२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिवादी संगठन हमासलाई बाँकी बन्दी रिहा नगरे ध्वस्त पारिदिने चेतावनी दिएका छन् । उनले यो अन्तिम चेतावनी भन्दै हमासलाई बन्दी रिहा गर्न या ध्वस्त हुन तयार रहन भनेका छन् ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् , ‘यो अन्तिम चेतावनी हो । सबै बन्दीलाई तत्काल रिहा गर र तिमीहरुले हत्या गरेका सबैको शव फिर्ता गर या समाप्त हुन तयार होऊ ।’

हमासले विभिन्न समयमा आफ्ना हजारौ बन्दीको बदला केही इजरायली र विदेशी बन्दी जिवितै या शव फिर्ता गरिरहेका छन् । विभिन्न चरणमा बन्दी आदानप्रदान गरिएको छ ।

नेपालका विद्यार्थी विपिन जोशी पनि हमासको कब्जामा छन् । विभिन्न चरणमा बन्दी रिहाई गर्दा पनि विपिनको रिहाई अझै भएको छैन । ट्रम्पको पछिल्लो चेतावनीले विपिन जोशीसहित बन्दी रिहा गर्न हमास वाध्य हुने आशा गरिएको छ ।

प्रतिक्रिया