२२ फाल्गुन २०८१, बिहिबार | March 6, 2025

चलचित्र नायिकाको फ्ल्याटमा फेला पर्यो ४ केजी सुन र २ करोड ७० लाख नगद


0
Shares

एजेन्सी, २२ फागुन । पिता प्रहरीको डीजीपी अनि सुन्दरताले चर्चित । भारतकी चलचित्र नायिका रान्या राओले पिताको शक्तिको बलमा सुन तस्करी गरेको खुलेको छ ।

उनी १४ किलो सुन तस्करी गर्दा पक्राउ परेकी छिन् । प्रहरीले उनको फ्ल्याटमा खानतलासी गर्दा ४ केजी सुन र २ करोड ७० लाख नगद फेला परेको छ ।

राओलाई बैंगलुरको केम्पेगोडा अन्तर्राष्ट्रिय एयरपोर्टबाट पक्राउ गरिएको थियो ।

रान्याले सुनको पेटी बनाएर सुन लुकाएकी थिइन् । भारतको कर सम्बन्धी विभागले उनलाई रङ्गेहात पक्राउ गरेपछि तरंग आएको छ ।

रान्याका पिता रामाचन्द्र राओ प्रहरीको डिजीपी छन् । यो घटनाले राओ पनि अप्ठ्यारोमा परेका छन् । तर, उनले आफू यसमा नजोडिएको भनिसके ।

३२ वर्षीया रान्या कन्नड र तालिम फिल्मा अभिनय गर्छिन् । उनलाई मंगलबार १४ दिनको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया