२० फाल्गुन २०८१, मंगलबार | March 5, 2025

वयोवृद्ध विजुक्छे ५० वर्षयता नेमकिपा अध्यक्ष


415
Shares

काठमाडौं, २० फागुन । नेपालको राजनीतिमा कहिले सत्तामा नजाने दल हो नेपाल मजदूर किसान पार्टी । सानो दल भएपछि उसको पृथक पहिचान छ । भक्तपुरमा पकड रहेको र आधा शताब्दीसम्म एउटै अध्यक्ष ।

यसपटक नेमकिपाको आठौं महाधिवेशन हो । महाधिवेशनमा नारायणमान विजुक्च्छे सर्वसम्मत अध्यक्ष चयन भएका छन् । उनी नेमकिपा स्थापना कालदेखि आठपटक अध्यक्ष भइसकेका छन् । १० माघ २०३१ मा नेमकिपा स्थापना भएको थियो । पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।

८४ वर्षीय विजुक्च्छेले नेमकिपामा निरन्तर पकड बनाएका छन् । उक्त दलका सांसदहरु पार्टी परिवर्तन देखि विवादमा पनि परे विगतमा । तर, विजुक्च्छेको पकड कायमै रह्यो । उनी सांसद भने नहुने घोषणा गरेर राजनीतिमा निष्कृय हुने आँक्लन गरिएको थियो । तर, भक्तपुरमै केन्द्र बनाएर पार्टी राजनीतिमा सक्रिय छन् ।

प्रतिक्रिया