२० फाल्गुन २०८१, मंगलबार | March 4, 2025

जेलेन्स्कीले सार्वजनिक माफी नमागे ट्रम्पले कडा कदम चाल्ने


3.1k
Shares

एजेन्सी, २० फागुन । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले सार्वजनिक रुपमा माफी नमागे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कठोर कदम चाल्ने भएका छन् । फकस्न न्युजले ह्वाइट हाउस स्रोतलाई उदृत गर्दै रेकर्डसहितको माफी नआए जेलेन्स्कीसँग कुनै वार्ता नहुने उल्लेख गरेको छ ।

ओभाल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच नोकझोक भएको थियो । यसलाई अमेरिकाले गम्भीरताका साथ लिएको छ । अमेरिकी जनताको अपमान गरेको भन्दै उपराष्ट्रपति जेडी भान्स्ले जेलेन्स्कीलाई चेतावनी दिएका थिए ।

ट्रम्पले युक्रेनलाई दिदै आएको सबै किमिसका सैन्य सहयोग रोकिदिएका छन् । उनले क्यानडा र मेक्सिकोमाथि पनि कर बढाइदिएका छन् । यसले विश्व बजारमा असर परिसकेको छ ।

यसैगरी, जेलेन्स्कीलाई सुरक्षित अवतरणको विषय पनि छलफलमा आएको छ । उनी चाँडै सत्ताबाट हट्ने सम्भावना बढेको छ ।

विपिन जोशीको भन्दा बढी प्यालेस्टाइनीको चिन्ता , नेपालको भन्दा युक्रेनको बढी चिन्ता गर्नेहरु नेपालका महान चिन्तक मानिएछन् ।

प्रतिक्रिया