१९ फाल्गुन २०८१, सोमबार | March 4, 2025

माओवादीले बोलायो पदाधिकारी बैठक


166
Shares

काठमाडौं,१९ फागुन । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेगरी बैठक बोलाइएको हो ।

पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि पार्टीको जारी तराईं मधेश अभियानको बैठकमा समीक्षा हुने जनाइएको छ ।

गत सोमबारदेखि ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’को सुरु गरेको थियो । झापाको केचनाकबलबाट शुरू अभियान कञ्चनपुर पुगेर टुंग्याउने पार्टीले तयारी गरेको छ ।

 

प्रतिक्रिया