१९ फाल्गुन २०८१, सोमबार | March 4, 2025

भूमि अध्यादेशले ओली अप्ठ्यारोमा


415
Shares

काठमाडौं, १९ फागुन । फिर्ता लिउँ समस्यामा परिने नलिऊँ सरकार संकटमा पर्ने । भूमिसम्बन्धी केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशले थपेको समस्या हो यो ।

अध्यादेश भूमाफियालाई फाइदा पुग्ने गरी आएको भन्दै सत्तारुढ लोपसा नेपालले नै विरोध गरिसकेको छ । जसपा, नेपाल यो अध्यादेश फिर्ता लिनुपर्ने अडानमा छ । यी दुई दलको साथविना अध्यादेश संसदबाट पारित हुँदैन । पारित नभए स्वतः निष्कृय हुन्छ ।

भूमिसम्बन्धी अध्यादेश भूमाफियालाई पोस्न मात्र नभई गैरकानूनी आप्रवासीलाई भूमिहिन देखाएर जग्गा बाँड्ने योजनामा पनि आएको हो । नेपाल छिरेका गैरकानूनी आप्रवासी नेपाली नागरिकता लिने र भूमिहिन देखाएर जग्गा लिने आशामा बसेका छन् । यसलाई भोट बैंक बनाउन विभिन्न दल लागिपरेका छन् ।

ओली सरकारले विगतमा गुठी प्रथामा समस्या खडा गर्ने गरी कदम चालेको थियो । तर, विरोधका कारण पछि हट्यो ।

प्रतिक्रिया