१६ फाल्गुन २०८१, शुक्रबार | March 1, 2025

आरजुलाई फेरि फसाद


February 28, 2025
913
Shares

काठमाडौं, १६ फागुन । एनजीओकर्मीबाट राजनीतिमा ओर्लिएकी आरजु देउवा विदेश शयर गर्न मनपराउँछिन् । उनले यसैकारण पनि योपटक परराष्ट्रमन्त्री नै रोजिन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा काँग्रेसबाट प्रकाशमान सिंहले नेतृत्व गरेपनि आरजुकै चल्छ । आरजु महिनामा कम्तिमा दुईपटक विदेश गइरहन्छिन् । उनी बोलाउँदै नबोलाई भारत पुगेर आलोचित बनिन् ।

यसपटक संयुक्तराष्ट्रसंघको कार्यक्रममा भाग लिन जेनेभा पुगिन् । त्यहाँबाट दोहा हुँदै काठमाडौं फर्कदै थिइन कतार एयरलाइन्सबाट । तर, खराब मौसमका कारण काठमाडौं ओलर्न सकेन जहाज । कोलकोतामा अवतरण भएको छ विमान ।

आरजुको धेरै कार्यक्रमहरु समयमा आउन नपाएकाले प्रभावित भएको छ । यसपटक जेनेभामा उनले केही अनौपचारिक भेटघाट पनि गरेकी छिन् ।

प्रतिक्रिया