१२ फाल्गुन २०८१, सोमबार | February 25, 2025

माइनस २६ को पावर चश्माबाट समेत मुक्ति दिलाउने उपचारपछि माट्रिका आइ सेन्टरमा बढ्यो आकर्षण


February 24, 2025
2.8k
Shares

काठमाडौं, १२ फागुन । टाढाको नदेखेर माइनस २६ को पावर चश्मा लगाउनुपर्ने व्यक्ति झण्डै दृष्टिविहिन नै हो । यति पावरको चश्मा लगाएका एक व्यक्तिलाई अब चश्मा नै लगाउनुनपर्ने भएको छ । चश्मा नलगाई सुन्दर दुनियाँ देख्न सक्ने भएका छन् । माट्रिका आइ सेन्टर, पुरानो बानेश्वरले एकजना विरामीलाई माइनस २६ को पावर चश्माबाट मुक्ति दिलाइदिएको छ ।

माट्रिका आइ सेन्टरले आइपीसीएल प्रविधिले माइनस २७ पावरसम्मको चश्मा प्रयोग गर्दै आएका बिरामीहरुसम्मको सफल शल्यक्रिया गर्ने क्षमता राख्दछ । जुन सँसारमै विरलै हुन्छ ।

माट्रिकामा यसै वर्षबाट आइपीसीएल प्रविधिबाट शल्यक्रिया गरी चश्माबाट मुक्त गर्ने सफलतापछि बिरामीको चाप पनि बढेको छ । माट्रिकाले माइनस २६ को पावर चश्माबाट मुक्ति दिलाउने गरी शल्यक्रिया गराएर नेपालमै रेकर्ड राखेको छ । माइनस २०, माइनस १९ माइनस १६, माइनस १४ को पावर चश्मा प्रयोग गर्ने बिरामीको पनि सफल शल्यक्रिया गरिसकेको छ ।

माट्रिकामा दक्ष र अनुभवी चिकित्सकबाट आइपीसीएल प्रविधिबाट शल्यक्रिया गर्छन् । माट्रिका आइ सेन्टरका अनुसार डा. सुजल श्रेष्ठको टिमले शल्यक्रिया गर्दै आएको छ ।

सँसारका विकसित भनिएका देशहरुमा पनि आइपीसीएल प्रविधिबाट कमैमात्र शल्यक्रिया हुन्छ । तर, त्यस्तो उपचार निकै महङ्गो हुन्छ । माट्रिकाले विदेशमा भन्दा निकै गुणा कम मूल्यमा गुणस्तरीय उपचार गर्दै आएको छ । जसका कारण नेपाली बिरामीहरुको विदेशको महङ्गो यात्रा, समय र खर्च जोगिएको छ । मात्रिकामा यसकारण पनि बिरामीको आकर्षण बढेको छ ।

माट्रिका आइ सेन्टरका अनुसार धेरै बिरामीहरु लेजर आँखाको शल्यक्रियाका लागि अयोग्य भएका छन् तर आइपीसीएल मार्फत् लाभान्वित हुन सक्छन् । जुन प्रविधि मात्रिकाले प्रयोगमा ल्याइरहेको छ ।

प्रतिक्रिया