ठग र महाठगहरूको मुहान सुक्नै लागेको हो त ?
काठमाडौं,१० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेकै दिन अर्थात् २० जनवरीमै थुप्रै कार्यकारी आदेशहरू जारी गरे । ट्रम्पका आदेशहरूले अमेरिकाभित्र मात्र होइन, विश्वभरी नै हलचल पैदा ग¥यो र अन्तर्राष्ट्रिय दृश्यपट तरंगित भयो । त्यसैदिन उनले सन् ६० को दशकदेखि विश्वका कुनाकाप्चामा सञ्चालित अमेरिकी सहायता कार्यक्रम यूएसएडअन्तर्गतका सबै अनुदान सहायता ९० दिनका लागि स्थगित गरे । यूएसएड मात्र होइन तुलनात्मक रूपमा हालै मात्र कार्यान्वयमा आएको एमसीसी अनुदान पनि स्थगित गरे । हाललाई स्थगित मात्र भएको हो, रद्द भइसकेको होइन । ९० दिनको पुनरमूल्यांकन र पुनरावलोकनपछि अन्तिम निर्णय लिइएला । तर, ट्रम्पका अभिव्यक्ति हेर्दा अमेरिकाले विश्वका विभिन्न देशलाई उपलब्ध गराइआएका सहायता कार्यक्रमहरू बन्द नभए पनि पूर्ण रूपमा पुनरपरिभाषित हुने र एकदमै नयाँ सर्त र संरचनाका साथ आउने पक्कापक्की देखिन्छ ।
अमेरिकी करदाताको पैसा अमेरिकालाई फाइदा नपुग्नेगरी खर्च हुने गरेकामा ट्रम्प पटक्कै सन्तुष्ट देखिन्नन् । ट्रम्पको यस अडानले नेपालजस्तो अन्तर्राष्ट्रिय सहयोगमा निर्भर राष्ट्र प्रभावित हुनु स्वाभाविक नै हो ।
अन्तर्राष्ट्रिय कूटनीतिमा सामान्यतया पछ्याइने शिष्टता वा भाषामा नम्रताजस्ता प�

