३ आश्विन २०८१, बिहिबार | September 20, 2024

रवि लामछानेले ४ महिनामा ४८७६ मत बढाएर बाजी मारे


0
Shares

काठमाडौं, १२ वैशाख । सायद २०८० को दशक रवि लामिछानेका लागि शुभ संकेत हुन सक्छ । उनी चार महिनाको बीचमा दुईपटक सांसद बन्न सके । यो नेपालको इतिहासमा सायदै कसैलाई प्राप्त हुने अवसर हो ।

अघिल्लो चुनावमा भन्दा उनले यो चुनावमा ४ हजार ७८७ मत बढाएर जिते । मतान्तर पनि यसअघिको भन्दा बढी रह्यो । चितवन क्षेत्र नं २ को सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विजयी भएका हुन् । उनले प्रतिद्वन्द्वीहरुलाई भारी मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन् ।

लामिछानेले कुल खसेको मतमध्ये ६९ प्रतिशत मत ल्याए । चितवनमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठको भन्दा लामिछानेको मत ४३ हजारले बढी रह्यो ।

लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशबाट दोषी ठहर भएपछि सांसद पद गुमाउन पुगेका थिए । उनी मंसिर ४ मा जितेको संसद सिट खाली भएपछि वैशाख १० मा उपनिर्वाचन भएको हो ।

चुनावी परिणामले मुख्य दलहरु नेपाली काँग्रेस र नेकपा एमाले दुवैलाई धक्का लागेको छ । उनीहरुका उम्मेदवारले उपनिर्वाचन भएको तीनवटै क्षेत्रमा चार महिना अघिको भन्दा कम मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया