नुवाकोटमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा, को को भए विजेता

बट्टार, ९ फागुन । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा नुवाकोटमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सयौं सहभागी भएका छन् । शुक्रबार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेलमैदानमा भएको परीक्षामा नुवाकोट आदर्श बहुमुखी कलेजमा कक्षा ११ अध्ययनरत छात्रा अनिशा खड्काले शतप्रतिशत अंकका साथ प्रथम पुरस्कार जित्न सफल भएकी हुन् । द्वितीय पुरस्कार त्रिभुवन त्रिशूली माविका छात्र प्रचण्ड तामाङ्ग, तृतीय पुरस्कार सुभिनियर एकेडेमीकी छात्रा सलिना पाण्डे र प्रोत्साहन पुरस्कारद्वारा १५ जना विद्यार्थीहरू पुरस्कृत भएका छन् ।
पुरस्कृत हुनेहरुमा एलिशिवा तामाङ चण्डेश्वरी मावि, कुशल पाण्डे र सन्देश भट्टराई चन्द्रज्योती मावि, चुनौती तामाङ त्रिभुवन त्रिशूली मावि, अनुपम ढुंगाना कल्याणीदेवी मावि, दिलासा दाहाल, प्रज्ञान नेपाल, संजिता पुडासैनी, एकता तामाङ , संयोगमान डंगोल, रजनीश प्याकुरेल र सम्पदा श्रेष्ठ पृथ्वी मावि, अर्पना अधिकारी र सुवास खतिवडा आदर्श बहुमुखी क्याम्पस छन् ।
कार्यक्रम प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, विशिष्ट अतिथि संघका राष्ट्रिय प्रचारक वेदप्रकाश, बागमति सम्भाग बौद्धिक प्रमुख डिल्लिराम संग्रौला, संघका त्रिशूली विभागका संघचालक सोमप्राद पाण्डे, कार्यक्रम संयोजक रामजी भट्टलगायत विभिन्न विद्यालयका प्रधानाचार्य र विद्यार्थीहरूको विशेष उपस्थितिमा फागुन ०९ गते शुक्रवार सम्पन्न भएको छ ।