६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

ढाकाकुमार श्रेष्ठको सांसद पद चट्


0
Shares

काठमाडौं, १२ वैशाख । संसदमा चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पद गुमाएका छन् । आज मङ्गलवार सभामुख देवराज घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी गराएका हुन् ।

श्रेष्ठ मन्त्री बन्न दुई करोड मागेको अडियो प्रकरणमा मुछिएका थिए । अडियो भाइरल भएपछि रास्वपाले संसदलाई पत्र लेखी सांसद पद रिक्त गर्न भनेको थियो । त्यसबारे छानविन पछि सभामुख घिमिरेले निर्णय लिएर संसदलाई आजै जानकारी गराएका हुन् ।

ढाकाकुमार श्रेष्ठ रास्वपाको समानुपातिकतर्फको सूचीमा पहिलो नम्बरमा रहेर सांसद बनेका थिए । उनलाई अडियो प्रकरणपछि आरएसपीले पार्टीबाट निष्काशन गरिसकेको छ ।

अडियो प्रकरण भाइरल भएपनि आजै तनहुँ १ र चितवन २ को उपनिर्वाचनमा रास्वपा उम्मेदवारले विजय हासिल गर्दै २ सांसद थपेको छ । अब उसकोको सांसद संख्या २१ पुग्ने भएको छ ।

मंसिर ४ को चुनावमा रास्वपाले २० सिट जितेकोमा अध्यक्ष रवि लामिछानेले नागरिकता प्रकरणमा सांसद पद गुमाएका थिए । उनी फेरि निर्वाचित भएर आएका छन् । तनहुँबाट स्वर्णिम वाग्लेले जितेपछि रास्वपाको सिट संख्या बढेर २१ पुग्ने भएको हो ।

प्रतिक्रिया