२० माघ २०८१, आइतबार | February 2, 2025

फोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै बीभत्स हत्या


February 2, 2025
913
Shares

धनगढी । अछामको ढकारी गाउँपालिका–१ को छिन्ने भन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ । ११ माघ शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट शनिबार छिन्ने भन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी दुवै किशोरी ९नाताले फुपू–भदै० को ढुंगा प्रहारबाट मृत्यु भएको प्रहरीको निष्कर्ष छ ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरूको हत्या भएको खुलेको हो ।

प्रहरीका अनुसार अछामको ढकारी गाउँपालिका–८ पल्साताकी मृतक १४ वर्षीया इशरा र पक्राउ परेका एक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुँदै आएको थियो । उनीहरू दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पु¥याएको थियो । तर, उनीहरूले प्रत्यक्ष रूपमा भेट्ने मौका पाएका थिएनन् । ढकारी गाउँपालिका–३ ताली र किशोरीहरूको गाउँ ढकारी गाउँपालिका–८ पल्साता भौगोलिक रूपमा टाढा छ । पक्राउ परेका किशोर ढकारी गाउँपालिका–३ तालीका हुन् ।

अछाममा माघ महिनामा विवाहित छोरीबेटीलाई उनकै घरमा पुगेर माइती पक्षले कोसेली दिने प्रचलन छ । तालीबाट पक्राउ परेका दुवै किशोर कोसेली लिएर ९ माघमा फुपूको घरमा पुगेका थिए । फुपूको घर आएको मौकामा किशोरीसँग भेट गर्ने योजनामा उनीहरू थिए ।

त्यसपछि किशारी र किशोरहरूबीच टेलिफोन संवाद भयो । संवादमा गोठालो गएका बेला छिन्ने भन्ने वनमा भेट्ने योजना तय भयो । दुवै किशोर घुमफिर गरेर आउने भन्दै ११ माघ शुक्रवार बिहानै फुपूको घरबाट निस्किए । फुपूको छोरा अन्दाजी १० वर्षीय किशोरलाई पनि सँगै लिएर उनीहरू किशोरीलाई भेट्ने योजनासहित छिन्ने जंगलतर्फ लागे । उनीहरू ११ माघ बिहान १० बजे नै नजिकै रहेको रिमरौवा खोलामा किशोरीहरूलाई पर्खेर बसे । मृतक इशरा र सरस्वती खड्का दिउँसो १२ बजेतिर मात्र रिमरौवा खोला नजिकको खोरबाट बाख्रा ल्याई जंगलतिर गए । १४ वर्षीया इशरा र १५ वर्षीया सरस्वतीसँग उनीहरू तीनै जनाले एकसाथ भेटे । सरस्वती खड्काको मोबाइलबाट किशोरहरूले गीत र भिडिओहरू पनि साटासाट गरे । त्यसपछि उनीहरू छिन्ने ओडारको ठूलो ढुंगामा गई बसे

यौन प्रस्ताव अस्वीकार गर्दा ढुंगा प्रहार
ढुंगामा बसेको बेला ६९ मंगलसेन ७६ ९परिवर्तित नाम० ले इशरासँग मायाको चिनो दोपट्टा मागे । दिन इन्कार गरेपछि उनको सेतो दोपट्टा खोसेर सँगैका साथी ६९ मंगलसेन ७३ ९परिवर्तित नाम० लाई दिए । इशरासँग टेलिफोनमा संवाद गर्दै आएका ६९ मंगलसेन ७३ ले नै दोपट्टा पाए । त्यही क्रममा उनले नै सरस्वतीको दोपट्टा मागे ।

तर, सरस्वतीले दिइनन् । त्यसपछि उनले सरस्वतीको इयरफोन खोसे । सरस्वतीले दाइको इयरफोन भन्दै फिर्ता मागे । इशराले दोपट्टा मात्र दिएपछि किशोरहरूका बीच नै विवाद हुन थाल्यो । त्यसपछि उनीहरू बसेको ठूलो ढुंगामा दोपट्टा खोसाखोस भयो । त्यही बेला सरस्वती इशरातिर गइन् । इशरा भने बाख्रा फर्काउन गइन् । त्यसपछि सरस्वती ढुंगाको तलतिर उभिइन् । सोही समयमा ६९ मंगलसेन ७६ सरस्वती भएको स्थानमा आए । उनले यौनसम्पर्कको प्रस्ताव राखे । सरस्वतीले विवाह गर्ने भएपछि मात्र यौनसम्पर्क गर्न दिने भनिन् । किशोरले ५–६ वर्षपछि विवाह गर्ने भनी आश्वासन दिए । दुईबीच यही विषयमा विवाद भयो । त्यसपछि सरस्वती खोलातिर गइन् । सोही बेला यौनसम्पर्क गर्न नदिएको झोंकमा किशोर ९६९ मंगलसेन ७६० ले नजिकै रहेको ढुंगाले सरस्वतीको टाउकाको पछाडिको भागमा प्रहार गरे । सरस्वती सोही स्थानमा ढलिन् । उनी बेहोस भइन् । त्यसपछि ती किशोर पहिला उनीहरू बसेको ढुंगा नजिक गए । अनि हातले ढुंगा लडाउन खोजे ।

तर, ढुंगा लडाउन नसकेपछि जमिनको भित्तामा अडेस लगाएर दुवै खुट्टाले ढुंगा लडाए । बेहोस भएकी सरस्वतीलाई भाग्न अर्का किशोरले भने । ढुंगा आयो भन्दै किशोर कराइरहे । इशरा खड्का र उनका ‘प्रेमी’ दुवै जना सरस्वती लडेको ठाउँमा पुगे । त्यसबेलासम्म सरस्वतीको मृत्यु भइसकेको थियो । त्यसपछि ती किशोरहरू सरस्वतीको मृत्यु’दयगत घरमा नभन्न इशरालाई दबाब दिन थाले । तर, इशराले अस्वीकार गरिन् ।

त्यसपछि उनले घरतिर जाने प्रयास गरिन् । सरस्वतीको टाउकामा ढुंगाले हानेका किशोरले इशराको हात समाए । त्यसपछि पछाडि धकेले । इशराको बाटो छेके । त्यतिबेला इशराका प्रेमी ९६९ मंगलसेन ७३० ले ढुंगा समाइसकेका थिए । उनले इशराको निधारमा प्रहार गरे । इशरा पनि ढलिन् । पछि अर्को किशोरले पनि ढलेकी इशराको अनुहारमा ढुंगाले पटकपटक हाने । त्यहीँ इशराको पनि मृत्यु भयो । त्यसपछि दुवै किशोर त्यहाँबाट भागे ।

भबितव्य देखाउन ढुंगा खसालियो
हत्यापछि आत्तिएका किशोरहरूले घटनालाई भबितव्य देखाउने प्रयासमा लागे । उनीहरूले भीरमाथिबाट शव भएको स्थानतर्फ दर्जनौं ढुंगा खसाए । १५ मिटरको दूरीमा किशोरीहरूको शव थियो ।

प्रहरीले एकैपटक सोही ठाउँमा धेरै ढुंगा कसरी खसे रु भन्ने कोणबाट प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो । उता, तीन जनाले भीर माथिबाट ढुंगा खसालिरहेको स्थानीयले देखेका थिए । त्यसपछि प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । घटनास्थल ’चयगलम देखिएका मानिसहरूमाथि केरकार गरियो । सोही क्रममा प्रहरीले दुवै किशोरलाई पनि नियन्त्रणमा लियो ।

गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतबार राति उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये १० वर्षीय नाबालक अनुसन्धानमा सघाएका कारण उनलाई सरकारी साक्षी राखिएको छ । अन्य दुईजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी प्रहरीको निगरानीमा राखिएको छ ।

प्रहरीले सरस्वतीले मायाको चिनो दोपट्टा दिन नमान्नु, यौन प्रस्ताव अस्वीकार गर्नु र इशराले घटना लुकाउन अस्वीकार गर्नुले उनीहरूको हत्या भएको निष्कर्ष निकालेको छ । भबितव्य देखाउन किशोरहरूले ढुंगा खसाएको प्रहरीले बताएको छ ।

अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले इशरा र सरस्वतीको ढकारी गाउँपालिका–३ का दुई जना किशोरले हत्या गरेको जानकारी दिए । आरोपित दुवै नाबालक हुन् । उनका अनुसार पक्राउ परेका दुवै जनामाथि ज्यान मार्ने कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । राजधानी दैनिक

प्रतिक्रिया