८ बैशाख २०८३, मंगलबार | April 21, 2026

विवाहेतर सम्बन्धको बारेमा किन ढाँटिन्छ ?


February 1, 2025
1.6k
Shares

डा. राजेन्द्र भद्रा । सन् २०२१ अप्रिल २३ को ‘खबरहब’ अंग्रेजी अनलाइन संस्करणमा विवाहेतर सम्बन्ध भएकी श्रीमतीले श्रीमान्को हत्या गरेको आशयको समाचार छापियो । समाचारमा श्रीमतीले आफ्ना श्रीमान्लाई खानामा विष मिसाएर खुवाएको र छटपटिएर बेहोस भएपछि आफैँले उपचारको लागि अस्पताल लगेकोमा त्यहाँ श्रीमान्लाई मृत घोषित गरेको उल्लेख थियो ।

श्रीमती आफैँले उपचारका लागि ल्याएकोमा शुरुमा कसैले उनीप्रति खासै शंका गरेको थिएन । तर सो घटना भएको करिब एक वर्षपछि फरेन्सिक रिपोर्टमा उनको मृत्यु विष प्रयोगको कारण भएको भन्ने प्रमाण आएपछि कुरा अर्कोतिर मोडियो । त्यसपछि श्रीमती फरार भइन् । उनलाई करिब साढे ६ वर्षपछि प्रहरीले समातेको कुरा समाचारमा उल्लेख थियो ।

त्यसै गरी सन् २०१८ जुलाई ६ मा अंग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’ ले ‘आफ्नो प्रेमसम्बन्ध लुकाउन भतिजीलाई मारिन्’ भन्ने शीर्षकमा समाचार छाप्यो । उक्त समाचारमा महिलाले आफ्नो अवैध सम्बन्ध लुकाउनकै लागि हत्या गरेको भन्ने उल्लेख थियो । विवाहेतर सम्बन्ध सामाजिक हिसाबले अमान्य भएको कारणले सकेसम्म लुकाउने प्रयास गरिन्छ । यसो गर्नको लागि सामान्य ढाँट–झेलको कुरा त गरिन्छ नै, तर कहिलेकाहीँ मानिसहरु यस्ता सम्बन्ध लुकाउन गम्भीर अपराध पनि गर्न पुग्छन् । उनीहरूले यस्ता सम्बन्ध लुकाउन हत्यासम्म गर्न पुगेको देखिन्छ । मानिसले किन यस्ता सम्बन्ध लुकाउन चाहन्छन् भन्ने विषयका विविध पक्षमा यहाँ चर्चा गरिँदै छ ।

विवाहेतर सम्बन्ध

सामान्यतया वर्तमान समाजमा एकजना पति वा पत्नीसँग मात्र सम्बन्ध राख्ने प्रचलन व्याप्त छ । विवाह गर्ने र एक पति वा एक पत्नीसँग जीवन गुजार्ने प्रचलन आउनुभन्दा पहिले शायद विवाहेतर सम्बन्धबारे प्रश्न नै आउँदैनथ्यो होला । तर त्यस बेला पनि महिला–पुरुषको जोडी बाँध्ने वा विवाह गर्ने परिपाटीको विकास भएको पाइन्छ । पहिले आफ्नो र सन्तानको हेरचाह अनि जीवन निर्वाहको लागि पनि यो अपरिहार्य बन्न पुगेको थियो । यसले नै सन्तानमा वंशाणुको प्रसारलाई सुनिश्चित गर्दथ्यो ।

सिकारी–संग्रहकर्ताको रुपमा घुमन्तेपछि कृषिको विकास अनि औद्योगिकीकरणको युगसम्म आउँदा विवाहको आवश्यकता र त्यससम्बन्धी मूल्य मान्यतामा धेरै नै परिवर्तन आएको पाइन्छ । कृषि पद्धतिको थालनीसँगै स्थायीरुपमा बस्ने प्रचलन बढ्दै गयो र सहयोगीको आवश्यकता पनि महसुस हुन थाल्यो । शायद पहिले आर्थिक, सामाजिक आवश्यकतामा विवाह हुने गर्दथ्यो । कतिपय विकसित प्राचीन समाजमा पनि राजा–रजौैटा हुने पद्धतिको विकास पछि मात्र भएको पाइन्छ, उनीहरूले सामरिक आवश्यकताले पनि विवाह गर्ने गर्दथे । तर हाल जोडीबीचको प्रेम निकै नै प्रबल बनेर आएको छ । अहिले व्यक्तिको रोजाइले विवाहका जोडीको चयनमा प्राथमिकता पाउने गरेको पाइन्छ ।

जोडी बाँध्ने चलनबाट विवाहको पद्धतिसम्म आइपुग्दा जैविक कार्य मात्र नभई यसलाई सामाजिक संस्थागत रुप दिने वा धार्मिक वा आध्यात्मिक रुप दिने गरेको पाइन्छ । यसै अनुसार कडा सामा�

प्रतिक्रिया