कोकाकोलामा भेटियो मृगौला खत्तम पार्ने क्लोरेट
एजेन्सी, १५ माघ । के तपाईं कोकाकोला पिउनुहुन्छ । यदि पिउनुहुन्छ भने होशियार हुनुहोस् । कोलाकोलामा मृगौला काम नलाग्ने पार्ने क्लोरेट नामको रसायन भेटिएको छ ।
विशेगारी क्लोरेटले बालबालिकाको मृगौलामा बढी असर पार्न सक्छ । कोकाकोलामा क्लोरेट भेटिएपछि युरोपमा बजारमा लगिएका उत्पादन फिर्ता ल्याउन निर्देशन जारी भएको छ । आवश्यकताभन्दा बढी क्लोरेट कोकाकोलामा भेटिएपछि स्वास्थ्य जोखिम बढ्नसक्छ ।
क्लोरेटले आयोडिन प्रभावलाई रोकिदिन्छ । रगतमा अक्सिजन लिने क्षमता घटाएर मृगौला नै खत्तम पारिदिन्छ ।
कोकाकोलाको बेल्जियममा रहेको युरोपेसिफिक शाखाका साझेदारहरुले सोमबार बजारमा लगिएका कोकाकोला, स्प्राइट, फ्यान्टा, फुजी टी, माइनुट मेड, नालु, रोयल ब्लिस, ट्रपिको जस्ता उत्पादन नै फिर्ता गर्न विज्ञप्ति जारी गरेको छ ।