रविविरुद्ध थुनछेक बहस चल्ने, दिनेश त्रिपाठी पीडितको पक्षमा बहस गर्न रुपन्देही पुगे
काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले छाडेको छ । उनलाई बिहिबार अदालतमा फेरि उपस्थित हुने सर्तमा रिहाई गरिएको हो ।
लामिछानेमाथि सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । रविको बयान भएको छ ।
कानून व्यवसायी र रविकी पत्नी निकिता पौडेलको जिम्मा लगाएर छाडिएपछि थुनछेक बहस सुरु हुनेछ । बुधबार उनको बयान सकिएको छ ।
यसैगरी, लोकप्रीय कानून व्यवसायी दिनेश त्रिपाठी सहकारी पीडितको पक्षमा बहस गर्न रुपन्देही पुगेका छन् । उनले पीडितको पक्षमा निर्धक्कसँग बहस गर्ने बताएका छन् ।-File Photo