४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले भेटे देउवा र नेपाल


0
Shares

काठमाडौं, ५ वैशाख । नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनले आज मङ्गलवार गरेको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी गरेको बुझिएको छ ।

चौथाइवालेले आजै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गरेका छन् । सोमवार सडकमार्गबाट नेपालको सुदूरपश्चिम आइपुगेका चौथाइवालेले मानसखण्ड र नेपाल भारत सम्बन्ध विषयक संगोष्ठीमा सहभागिता जनाएका थिए । उनी मङ्गलवार काठमांडू आइपुगेर भेटवार्तालाई गति दिइरहेका छन् ।

चौथाइवालेको प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउनका अलावा मुख्य दलका नेताहरुसँ भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिक्रिया