२३ पुस २०८१, मंगलबार | January 8, 2025

भ्यालुयर्स इन्जिनियरहरुको क्षमता अभिवृद्धि गर्न तालिम सुरु


January 4, 2025
13.4k
Shares

काठमाडौं,२० पुस । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले देशभर कार्यक्षेत्र बनाई मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धिको लागी ३ दिने तालिमको आयोजना गरेको छ ।

नेपाल ईन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा.पदम बहादुर शाहीको प्रमुख आतिथ्यमा र एनभिएका अध्यक्ष ई.सञ्जय कुमार महतोको सभापतित्वमा शुक्रबारदेखि तीन दिने Fixed Assets Valuation Training राजधानीमा सुरु भएको हो । शुक्रबारदेखि सुरु भएको उक्त तालिम आइतबार समापन हुनेछ ।

एशोसिएशनले आयोजना गरेको विशेष तालिमले मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धि हुने एनभिएका अध्यक्ष ई.महतोले बताउनु भयो ।

नेपाल ईन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा.पदम बहादुर शाहीले एनभिएलाई सहयोग गर्न परिषद तत्पर रहेको बताउनुु भयो । उहाँले एनभिएले इन्जिनियरहरुलाई आगामी दिनमा दिने तालिमलाई ईन्जिनियरिङ्ग काउन्सिलबाट प्रमाणित गराएर काउन्सिलको लोगोसहितको प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाउने समेत प्रतिवद्धता गर्नुभयो ।

एनभिएका उपाध्यक्ष एवं तालिम,प्रकाशन र अन्तर्राष्ट्रिय विभाग प्रमुख ई.दिनेश कुमार पाठक र ई.शुसिल कुमार अमात्य कार्यक्रमको प्रमुख प्रशिक्षक हुनुहुन्छ भने एनभिएका उपाध्यक्ष एवं तालिम,प्रकाशन र अन्तर्राष्ट्रिय विभाग प्रमुख ई.पाठकले कार्यक्रमको संयोजन समेत गर्नुभएको छ ।

मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा ३० जना इन्जिनियरहरु सहभागी रहेको एनभिएका सचिव ई.रबिन्द्र अधिकारीले जानकारी दिनुभयो । तालिमको पहिलो दिन शुक्रबार एनभिएका पदाधिकारी र प्रशिक्षकले इन्जिनियरहरुसँग आवश्यक ज्ञान,सिप अनुभव लगायतका विषयहरुमा छलफल गरेका थिए ।

प्रतिक्रिया