२० पुस २०८१, शनिबार | January 4, 2025

डलर खाएर हिन्दू धर्म माँस्न धर्मनीरपेक्ष उठाइयोः डा. दिक्षित


December 29, 2024
2.7k
Shares

विराटनगर, १४ पौष । नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले डलर खाएर हिन्दू धर्म माँस्न धर्मनीरपेक्ष उठाइएको बताउनुभएको छ । उहाँले सनातन धर्म सभ्यता माँस्न डलरको खोलो बगाइएकोले सनातन धर्मालम्बीहरु बेलैमा चनाखो भई त्यसलाई असफल बनाउन सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

हिन्दू स्वयं सेवक संघको विराटनगरमा सुरु भएको विशेष प्राथमिक वर्गको उदघाटनमा प्रमुख अतिथिका रुपमा बोल्दै दिक्षितले सनातन धर्मालम्बीहरु सबै एकजुट नभए चुनौती झन् बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘धर्मनीरपेक्ष डलर खान र धर्म माँस्न उठाइएको हो, यसलाई असफल पार्न बौद्धिक, आध्यात्मिक र आर्थिक शक्ति चाहिएको छ ।’

सनातन हिन्दू धर्म बचाउन यो धर्मका धर्मालम्बीहरु एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले धनीहरुलाई गरिबको हितमा उदार मनले काम गर्न आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘धनी र गरिबलाई जोड्न जरुरी छ ।’

धर्मका माध्यमले नै नेपाली जनतामाझ एकताभाव बढ्ने उहाँको भनाई थियो । नेपाली माटोमा ऋषिमुनिको ज्ञान र सृजनाको खजाना रहेकोले त्यसलाई उत्खनन गर्न आग्रह गर्नुभयो ।

हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचारक वेद प्रकाशले संघमा निस्वार्थ, निष्ठावान र कर्मयोगी कार्यकर्ता रहेकाले विना हल्ला राम्रा कामहरु भइरहेको बताउनुभयो । उहाँले संघको कार्य सेवाको कार्य हो भन्दै दिव्य कार्यमा ईश्वरको पनि साथ रहने बताउनुभयो ।

संघका कोशी संवाहक सियाराम रौनियारले राष्ट्र धर्मको कार्य गर्दा सबैभन्दा ठूलो धर्म हुने बताउनुभयो ।

कार्यक्रमको उदघाटनमा संघका राष्ट्रिय संघचालक कल्याणकुमार तिमिल्सिना, समाजसेवी देवकिशन मुन्तडालगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया