२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

राष्ट्रपति पौडेल पहिलो विदेश भ्रमण बेलायत जादैं


0
Shares

काठमाडौँ, ३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो विदेश भ्रमण बेलायतबाट गर्ने बुझिएको छ । राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जान लागेका हुन् ।

राष्ट्रपति पौडेलको सचिवालयको अनुसार भ्रमणका क्रममा राष्ट्रपति पौडेल बेलायती राजाको राज्याभिषेकमा सहभागी हुने हुनेछन् । चार्ल्स तृतीयको राज्याभिषेक आगामी मे ६ तारिख अर्थात् वैशाख २३ गते हुँदैछ। पौडेलको वैशाख २१ मा बेलायत जाने तयारी छ ।

राज्याभिषेक समारोहमा विश्वभरीका देशबाट राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति सहभागी हुनेछन्।

राज्याभिषेक समारोहमा २ हजार पाहुनालाई निमन्त्रणा पठाइएको छ।

प्रतिक्रिया