१८ पुस २०८१, बिहिबार | January 2, 2025

वामदेवलाई एमाले र एकीकृत समाजवादीमा प्रवेश निषेध किन गरियो ?


December 29, 2024
498
Shares

काठमाडौं,१४ पुस । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गर्न खोज्दै छन् । यसअघि उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्न खोजेका थिए । तर, एमाले र एकीकृत समाजवादी दुवै पार्टीले गौतमलाई पार्टी प्रवेशमा निषेध गरेका छन् ।

भीम रावल छुट्टै दल गठन गर्ने गृहकार्यमा

एमालेका पूर्वउपाध्यक्ष रहेका गौतम पटकपटक एमाले प्रवेश गर्ने चाहना सार्वजनिक रूपमै व्यक्त गरेका थिए । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उनले पार्टी प्रवेशका लागि आग्रह गर्दै आएका थिए । तर, ओलीले गौतमलाई पार्टी प्रवेश गराउने चाहना देखाएनन् ।

एमालेमा प्रवेश गर्ने ढोका बन्द भएपछि गौतम एकीकृत समाजवादीमा प्रवेश गर्न तयार भए । तर, एमालेबाटै विभाजन भएर गठन भएको एकीकृत समाजवादीले समेत गौतमलाई पार्टीमा भिœयाउँन चासो नदेखाएको बताइएको छ ।

पूर्वउपप्रधान एवं गृह, रक्षामन्त्रीसमेत भइसकेका गौतम पटकपटक प्रधानमन्त्री बन्ने चाहना राख्दै आएका छन् । अहिले राष्ट्रिय सभाका सदस्य रहेका गौतम सार्वजनिक रूपमै संविधान संशोधन गरी राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँने व्यवस्था गर्नुपर्ने भन्दै आएका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौतमसँग पार्टी प्रवेशका ’दयगतमा छलफल गरेका थिए । एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भिœयाउने र माधव नेपाल, झलनाथ खनालपछिको मर्यादाक्रम दिएर पार्टीमा जिम्मेवारी दिने’दयगतमा आन्तरिक सहमति भएको थियो ।

नेपालले गौतमसँग छलफल गरेपछि गौतम नेतृत्वको अभियानले पार्टी एकताका लागि वार्ता समिति गठन ग¥यो । गौतमले अभियानका महासचिव डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहने गरी वार्ता समिति गठन ग¥यो । यता, एकीकृत समाजवादीले उपाध्यक्ष प्रमेश हमाल र स्थायी कमिटी सदस्य बलराम बाँस्कोटालाई वार्ताको जिम्मेवारी दियो ।

यसबीचमा वार्ता समितिमा रहेका नेताहरू छलफलमा बसे पनि कुनै प्रगति हुन नसकेको बताइएको छ । पार्टी एकताको विषय कहाँ पुग्यो भन्ने राजधानीको प्रश्नमा गौतमले भने, ‘मलाई नसोध्नू, उतै सोध्नू । कहिले के, कहिले के भन्दै टार्ने काम भइरहेको छ ।’

तर, एकीकृत समाजवादी प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले छलफल सकारात्मक रूपमा अगाडि बढेको बताए । वार्ता समितिका बीचमा छलफल सकारात्मक भएको बताउँदै उनले गौतमसहितका नेताहरू छिटै नै एकीकृत समाजवादीमा प्रवेश गर्ने बताए ।

एकीकृत समाजवादी र अभियानका बीचमा एकता प्रक्रिया सुरु गर्दै वैचारिक दृष्टिकोण, कार्यदिशा, व्यवस्थापकीय जिम्मेवारीलगायत विषयमा सम्पूर्ण खाका तयार पार्न लागिएको छ । जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शन तथा सैद्धान्तिक दृष्टिकोण हुनुपर्ने मूल विषयलाई एकता राष्ट्रिय अभियानले प्रस्ताव गरेको छ । एकीकृत समाजवादीले अगाडि सारेको २१औं शताब्दीको समाजवादी कार्यक्रममा केही बुँदा थपघट गरी जनताको बहुदलीय जनवादलाई समेट्न सकिने जनाइएको छ ।

तत्कालीन नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र पुनर्गठन गरिएपछि गौतम कुनै दलमा नलागी स्वतन्त्र बसे । पछि उनले विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई पुन एकीकृत गर्दै नेकपा बनाउन खोजेका थिए । तर, उनको प्रयास सफल हुन सकेन ।

उता, एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेपछि एमालेका पूर्वउपाध्यक्ष डा। भीम रावल एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा छ । तर, रावल एकीकृत समाजवादीमा प्रवेश नगर्ने स्पष्ट पारेका छन् । रावलले देशैभरि ओलीको गलत कार्यशैलीको भण्डाफोर गर्दै नेता–कार्यकर्ताबाट आएको सुझावअनुसार अगाडि बढ्ने बताइएको छ । रावलले देश दौडाहापश्चात् छुट्टै दल गठन गर्ने उनी निकट नेताहरू बताउँछन् ।

यसैबीच, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई सुझाव दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

महासचिव भुसालले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको माहोल शान्त हुने बताए । एमालेले नेता रावललाई पार्टीले निष्कासन गरेपछि उनले एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको बताए । यस’दयगतमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भए पनि त्यस बेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको उनको भनाइ थियो ।

‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो । नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ । त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रूपमा लिइयो । कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । जसले चाकरी गर्दैन त्यो शत्रु हो । शत्रु होइन भने त्यसले चाकरी गर्छ,’ भुसालले भने ।

भुसालले नेता रावललाई एकीकृत समाजवादीमा प्रवेश गर्न आह्वान गरे । उनले थपे, ‘नेकपा एमाले हामीले लडेर आफैं बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरू छन् । अहिले उकुसमुकुसमा छन् । भनेका छैनन् । यो घटना जसरी घट्दैछ । यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ । कमरेड ओलीको यो प्रयोग असफल भइसकेको छ ।

‘उहाँको प्रयोग असफल भएको छ । निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भयो । उहाँले त्यहाँ छोड्नु उहाँका लागि र हाम्रो लोकतन्त्रका लागि सबैभन्दा राम्रो कुरा हुन्थ्यो । भीम रावलजीको कुरा रह्यो । उहाँले के गर्नुहुन्छ भन्न सक्दिनँ । नेपाल पार्टी नभएर दुःख पाएको हो कि पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो । म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु’ उनले भने । राजधानी दैनिकबाट

प्रतिक्रिया