७ पुस २०८१, आइतबार | December 22, 2024

‘प्रधानमन्त्रीको सचिवालयमा डेढ करोड माथिका चाइनिज गाडीहरु कहाँबाट आए ? छानबिन हुनुपर्छ ‘


December 22, 2024
7.6k
Shares

काठमाडौं,७ पुस । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय भ्रष्टचारीहरुको झुण्ड भएको टिप्पणी गरेका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै रायमाझीले यस्तो बताएका हुन् ।

“केपीजीको सचिवालयमा सबै भ्रष्टाचारले गन्ह्राएका मान्छेहरु छन्,कतिपय ठाउँमा नीतिगत रुपमा ओलीजी आफै पनि जोडिनुभएको छ । सचिवालयमा बस्नेहरुले चाइनिज गाडीहरु डेढ करोड माथिका ५–१० जनाले चढेका छन्, ती गाडी कुन–कुन व्यापारीले कसरी दिएका छन्,त्यो पनि छानबिन हुनुपर्छ ।”,रायमाझीले भने,“ आज जनताले खान पाउँदैनन् उनीहरुले चाँही डेढ÷दुई करोडको गाडी चढ्छन् यो भ्रष्टाचारको उदाहरण हैन् ? यो पैसा कहाँबाट आउँछ ? राज्यको साधन स्रोतमा उनीहरुले दोहन गरिरहेका छन् ।”

सरकारमा रहेका दुवै दल नेपाली कांग्रेस र नेकपा एमाले दुवै भ्रष्टाचारको खल नायक भएको उनले तर्क गरे । “सरकारमा विभिन्न किसिमका विचौलिया छन्,त्यहाँ स्वार्थका झुण्ड नै छन् ।” उनले भने । भ्रष्टाचारकै कारण सरकार गठन भएको लामो समयमा पनि केही उपलब्धि नभएको रायमाझीले दाबी गरे ।

राजनीतिक दलका नेताहरूको उत्तौलो चरित्र अनि अपरिपक्क नेतृत्वले गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बेइज्जत भएको उनले दाबी गरे । मन्त्रीहरुको कारण राज्यकै बेइज्जत भएको उनले सुनाए । “परराष्ट्रनीति असफल भएको छ । जर्मनबाट भारत आएकी परराष्ट्रमन्त्री आरर्जु त्यहाँ अलपत्र छन्। कसैले भाउ दिएनन्, चीन भ्रमणपछि ओलीको भारत भ्रमणको चाजोपाँजो मिलाउन गएकी उनले गर्दा उनको होइन, नेपालीशिर झुकेको छ । उनीहरू त दलाल हुन् केही फरक पर्दैन। स्वाभिमान नेपालीहरूको मनमा भने अवश्य चोट पुगेको छ ।”
सरकारले भ्रष्टचारीलाई संरक्षण दिइरहेको आरोप लगाउँदै लेखक समेत रहेका रायमाझीले न्यायालयमा राज्यले नै हस्तक्षेप गरिरहेको भन्दै आपत्ति जनाए । सरकारले जनताप्रति जिम्मेवार नभएको उनले सुनाए ।

विश्लेषक रायमाझीले रवि लामिछानेमाथि सरकारले कानुन बमोजिम छानबिन गरिरहेको तर जस भने लिन खोजेको टिप्पणी गरे । लामिाछानेमाथि छानबिन गर्ने विभिन्न र सम्बन्धित निकाय भएर पनि राज्य पुरै लाग्न नहुनेको उनको भनाइ थियो । “रविलाई कारबाही गरेको देखाएर सरकारले जस लिन खोजेको हो यो सबैभन्दा ठुलो भ्रम हो । उनलाई कारबाही गर्न सिआइबी छ, प्रहरी छ सरकारै लाग्नु त परेन नी, सहकारीका पनि विभाग छन् ।”–रायमाझीले भने ।

भ्रष्टाचारले देश ग्रसित हुदै गइरहेको भन्दै रायमाझीले देशको विकास गर्ने ठेकेदारहरुको अवस्था सरकारले नै नाजुक बनाएको तर्क गरे ।  उनले भने,“ठेकेदारलाई सरकारले रनिङ बिलको पैसा दिइराछ, त्यसैबाट आफैले कमिसन खाइ दिन्छ । ठेकेदारले पाएको भुक्तानीको ५० प्रतिशत त घुसमा जान्छ । गुणस्तरिय काम हुन नसकेको कारणै यहि हो ।”

 

प्रतिक्रिया