३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ट्र्याक्टर खोलामा खस्दा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका


0
Shares

एजेन्सी, २ वैशाख । भारतको उत्तर प्रदेशको शाहजहाँपुरको तिल्हार निगोही रोडमा रहेको पुलबाट शनिबार ट्र्याक्टर ट्रली खसेको छ । डीएमले दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेको भारतीय समाचार एजेन्सी भाष्करले जनाएको छ ।

ट्रलीमा २० देखि २५ जना थिए । राता पुलबाट रेलिङ भाँच्दै ट्र्याक्टर ट्रली खोलामा खसेको हो । प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । एसडीआरएफ र एनडीआरएफ टोली घटनास्थल पुगेका छन्। घाइतेहरुलाई नजिकैको सीएचसी पठाइएको छ ।

जिल्ला अस्पताललाई पनि सचेत गराइएको छ । गम्भीर घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

प्रतिक्रिया