नेपाल भ्यालुयर्स एसोसिएशनको बृहत छलफल कार्यक्रम सम्पन्न
काठमाडौं,२१ मंसिर । नेपाल भ्यालुयर्स एसोसिएशनले नेपाल राष्ट्र बैंकद्धारा प्रस्तुत धितो मुल्यांकनकर्ता सम्बन्धि मस्यौदा सम्बन्धमा सल्लाहकार र सदस्यहरुसँग बृहत छलफल गरेको छ । राष्ट्र बैंकद्धारा प्रस्तुत धितो मुल्यांकनकर्ता सम्बन्धि मस्यौदा सम्बन्धमा गहन छलफल गरेर अघि बढ्नुपर्नेमा सहभागी मुल्यांकनकर्ताहरुले जोड दिएका छन् ।
मध्य बानेश्वरको एक होटलमा शुक्रबार आयोजना गरिएको सो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै एशोसियशनका अध्यक्ष ई.संजय कुमार महतोले एशोसियशनले पुरानै कामलाई निरन्तता दिंदै नयाँ कामहरुको पनि थालनी गरिरहेको जानकारी दिनुभयो । इन्जिनियरहरुले आफ्नो भ्यालु आफै बढाउनु पर्नेमा जोड दिंदैं महतोले त्यसका लागि सबैको साथ आवश्यक रहेको बताउनु भयो । एशोसियशनले भ्यालुयर्स इन्जिनियरहरुको समस्यालाई लिएर राष्ट्र बैंकलाई समेत दबाब दिइरहेको पनि बताउनु भयो ।

इन्जिनियर मुंल्यांकनकर्तालाई काम गर्न सहज बनाउन जुन सुकै काममा साथ दिन पनि आफु र आफ्नो संस्था तयार रहेको नेपाल इन्जिनियर्स एशोसियसनका अध्यक्ष ई.सुवासचन्द्र बरालले बताउनु भयो ।
छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बरालले भन्नुभयो,“इन्जिनियरहरुका समस्या र चुनौतिहरुलाई सम्बन्धित ठाउँमा झक्झकाउने, पुराउने कार्यमा तपाईहरुलाई हाम्रो सधै साथ रहनेछ ।” उहाँले इन्जिनियरहरुको समस्या समाधानको कार्यान्वयनमा चुनौती रहेको बताउनु भयो । एशोसियनशनका समस्या धेरै रहेको उल्लेख गर्दै उहाँले चुनौतीका बाबजुद पनि कार्य सम्पादन गरिहेको भन्दै भ्यालुयर्स एशोसियनको प्रशंसा गर्नुभयो । उहाँसँगै भ्यालुयर्स एशोसिएनको पक्षमा लड्न इन्जिनियर एशोसिएशन सधै तयार रहेको समेत स्पष्ट पार्नु भयो ।

अधिवक्ता नारायण प्रसाद कोइरालाले मुंल्यानकर्ताको काम कर्तव्यबारे बैंक र मुल्यांकनकर्ता दुवै पक्षबीच हुने सम्झौतामा स्पष्ट रुपमा लेख्नुपर्ने बताउनु भयो । मुल्यांकनकर्ताहरुलाई दुख होस भन्ने उद्देश्य नभएपनि राष्ट्र बैंकले बैंकर एशोसियनको पक्ष लिने गरेको उहाँले जिकिर गर्नुभयो । “राष्ट्र बैंकले मुल्यांकनकर�

